Gold
Bangad salyan

आफ्नो जन्मदिनको पैसा सामाजिक कार्यमा खर्च गर्छु ,रु १,०२२२२ क्रिकेट रंगशालालाई प्रदान ,सर्जक हरि बिस्ट ,

पुस २२ ,काठमान्डौ – आफ्नो जन्मदिनमा रकम खर्च गर्नुभन्दा उक्त पैसा निर्माणाधीन क्रिकेट रंगशालालाई दिनु उचित रहेको सुर्खेती सर्जक हरि बिस्टले रंग दर्पणलाई बताए ।

सर्जक हरि बिस्टले आफ्नो जन्मदिनको अवसर पारेर चितवनमा निर्माण भरहेको गौतमबुद्द अन्तरास्ट्रिय क्रकेट रंगशालालाई १,०२२२२ एक लाख दुई हजार दुई सय बाईस एकमुष्ट प्रदान गरेका हुन् ।

चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले गौतमबुद्द अन्तरास्ट्रिय रंगशाला निर्माण गरिरहेको छ ।

,बिस्टले आफ्ना जन्मदिने आमा बुवालाई सम्मान गर्दै आफ्नो जन्मदिनमा खर्च गर्ने उक्त रकम केहि सामाजिक सेवामा लगाउने निर्णय गरेका हुन्।

,हरि बिस्ट कलाकार ,खेलाडी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपालका मानार्थ सदस्य हुन् भने कर्णाली प्रदेश सुर्खेत तरण दलको अध्यक्ष पनि हुन् । हरि बिस्टले संगीत गरेका थुप्रै गित बजारमा सार्वजनिक छन् ।