निशुल्क मास्क वितरण ,
चैत २ ,भोजपुर – मुलुकभर महामारीको रुपमा फैलीएको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न अरुण गाउँपालिकाको ७, जरायोटारले निःशुल्क मास्क वितरण सुरु गरेको छ ।
कोरोना संक्रमण हुनबाट जोगिने सहज हुने भन्दै वडानिवासीलाई १४ सय मास्क वितरण गरिएको हो ।
वडाका करिब २ हजार ५ सय नागरिकलाई निःशुल्क मास्क वितरण गरिने वडाध्यक्ष डिल्लीराम अधिकारीले बताए ।
बजारमा अहिले माक्स अभाव भईरहेको बेला वडाले निवासीलै २ वटाको दरले माक्स वितरण गरिनेबताएको हो ।
सेवा लिन आउने सेवाग्राहीलाई निशुल्क औषधि वितरण पनि वडाले गर्ने गरेको छ ।
यसअघि वडाले सामुदायिक विद्यालयका ३ सय १५ विद्यार्थीलाई माक्स वितरण गरिसकेको छ । वडाले आफ्ना नागरिकलाई भिड भाडमा नजान पनि आग्रह गरेको छ ।

