Gold
Bangad salyan

मृतुदण्ड अगाडी नास्ता दिईयो तर खान मानेन ,

निर्भया बलात्कार काण्डका दोषी चार जनालाई दिईयो मृतुदण्ड ,,

चैत ७ ,एजेनसी – निर्भया सामुहिक बलात्कार काण्डक चार जना दोषीलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ ।

दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको एजेनसी समाचारहरुले लेखेका छन् ।

तिहाड जेलका निर्देशक संदीप गोयलका अनुसार बिहान ठिक साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो ।

सन् २०१२ डिसेम्बर १६ तारिखको राती निर्भयामाथि सामूहिक बलात्कार गरिएको थियो ।

सात वर्ष, तीन महिना र चार दिनपछि मुकेश, अक्षय, विनय र पवनलाई मृत्युदण्ड दिइएको हो ।

भारतीय समाचार एजेन्सी भास्करका अनुसार मृत्युदण्ड दिनुअघि पवन, मुकेश, विनय र अक्षयलाई नास्ता दिइएको थियो तर उनीहरुले खान अस्विकार गरे ।

विनय रुन थालेका थिए । त्यसपछि उनीहरुलाई तिहाड जेल नम्बर तीनमा बनेको ‘फाँसी घर’ मा पुर्‍याइएको थियो ।

जहाँ पवन जल्लादले उनीहरुलाई झुण्ड्याएका थिए । ४० मिनेटपछि उनीहरुलाई मृत घोषित गरिएको हो ।मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् ।