कोभिड १९ संक्रमण रोकथाम तथा उपचार कोषमा आधा महिनाको रकम जम्मा गर्ने मुस्कानको घोषणा ,
चैत १३ ,काठमान्डौ – ( कोभिड १९ ) कोरोना भाइरस संक्रमित रोकथाम तथा उपचार कोषमा आधा महिनाको रकम जम्मा गर्ने वन मन्त्रालयका स्वकीय सचिव भिम बहादुर रोकाय (मुस्कानले) घोषणा गरेका छन् ।
मुस्कानले सामाजिक संजालमार्फत उक्त रकमको सहयोगको घोषणा गरेका हुन् ।
देशलाई परेको संकटमा आफ्नो महिनाको आधा रकम भत्ता कोरोना संक्रमित रोकथाम तथा उपचार कोषमा जम्मा गर्दिदा केहि राहत हुने उनले बताएका छन् ।
उक्त रकमले यो संकटको घडीमा बिहान बेलुका श्रम गरि बेलुका आफ्ना परिवारको पेट पाल्ने तथा अनाथ बालबालिकालाई केहि राहत मिल्योस भन्ने रोकायको आसय छ ।
साथै कोरोना भाईरस विरुद्द लड्न सरकारको यो अभियानमा सबै जुट्न पनि मुस्कानले आवहान गरेका छन् ।
मुस्कान नेकपा जाजरकोट जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय यूवा संघको केन्द्रीय सदस्य समेत रहेका छन् ।
नोवेल कोरोना भाईरसका कारण अहिले विश्वनै महामारीको रुपमा छ । उक्त संकटबाट बच्न नेपाल सरकारले पनि देश एक साता लकडाउन गरेको छ ।
सरकारको नियमलाई पालना गरि सेल्फ क्वारेईनटाइन रहन पनि मुस्कानले सबै नेपालीमा जानकारी गरेका छन् । मुस्कान सामाजिक संजालमा सक्रिय रहने पनि गरेका छन् ।

