Gold
Bangad salyan

लकडाउनमा दैलेखका एक किसानले ८ क्विन्टल तरकारी स्थानियलाई निशुल्क वितरण गरे ,

चैत १६ ,काठमान्डौ – लकडाउनको बेला दैलेखका एक किसानले निशुल्क तरकारी बाँडेका छन् ।

आफ्नो बारीमा लटरम्म तरकारी फलेपानी सरकारले गरेको लकडाउनका कारण बजारलान नसक्दा उनले आफ्नै तरकारी बारीमा किसानलाई बोलाएर निशुल्क तरकारी वितरण गरेका छन्

। दैलेख ,सुर्खेत सडक खण्डको छेउमै रहेको उन्नती एग्रो फर्मले नि:शुल्क तरकारी बाँडेको हो।

डुङ्गेश्वर गाउँपालिका–६ माथिल्लो डुङ्गेश्वर बजार नजिकै रहेको उक्त फर्मले झण्डै ८ क्वीन्टल तरकारी नि:शुल्क बाँडेको बताएको छ।

फर्मका सञ्चालक देवेन्द्र गोदारले लकडाउनको समयमा उत्पादित तरकारी बजारसम्म लैजान समस्या भएको सुनाए।

कर्णाली प्रदेश सरकार र दैलेखको स्थानिय तहमा फर्ममा उत्पादन भएको तरकारी लगेर अभाव भएको ठाँउमा स्थानीयलाई बाँड्न आग्रह गरेपनि सुनुवाई नभएपछि ठुलो मात्रमा फलेको तरकारी कुहुईएर फाल्नु भन्दा निशुल्क बाँडेको गोदारले बताए ।

करिब २५ रोपनीमा फलेको तरकारी कुहुईएर जानु भन्दा स्थानियलाई विपदको बेला केहि राहत हुनेभन्दै निशुल्क तरकारी वितरण गरिएको उनले बताए ।