Gold
Bangad salyan

लकडाउनको मौका छोपी रौतहटमा ८ वर्षिया बालिका बलात्कृत ,

चैत १७ ,रौतहट – लकडाउनको मौका छोपी रौतहटमा ८ वर्षिया बालिका बलात्कृत भएकि छिन । रौतहटको कटहरिया ६ पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा ८ बर्षिया बालिका बलत्कृत भएकी हुन् ।

फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका प्रताप पाश्वानका १८ बर्षिय छोरा नवल पाश्वानले आफ्नो छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

शनिबार राति घरबाट पसलमा खानेतेल किन्न गईरहेकी नाबालिकालाई अभियुक्त पाश्वानले समातेर नजिकैको गल्लीमा लगेर जबरदस्ती करणी गरेका थिए ।

उक्त क्रममा अबालिका रोए करायको सुनेपछि स्थानि तेस्तार्फा गएर पाश्वानलाई पक्राउ गरि प्रहरीसमू बझाएका छन् ।

खबर लगत्तै ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहको कमाण्डमा गएको टोलीले आरोपी पाश्वानलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी निरिक्षक शाहले आज सोमबार घटनालाई सार्वजानिक गरेका हुन् पीडित नाबालिका र पिडकको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परिक्षण भईसकेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।

आरोपी नवल पाशवानमाथी बालयौन दुराचार संबन्धीमुद्धा दर्ता गरी अदालतबाट आदेश लिएर अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी निरिक्षक साहले जानकारी दिए ।