Gold
Bangad salyan

चीन भर आज ३ मिनेट मौनधारण ,

चैत २२ ,काठमान्डौ – कोरोना भाईरसबाट चीनमा मृतु भएकाहरूको सम्झनामा तीन मिनेट मौनधारण गरिएकाे छ ।

कोभिड १९ भाइरसबाट मृत्यु भएका सबै र सङ्क्रमितको उपचार गर्दागर्दै आफ्नो ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा चीनम रहेका सबै नागरिकले तीन मिनेट मौनधारण गरेका हुन् ।

मौधरण संगै चीनको झण्डा आधा झुकाईएको छ भने सवारीसाधनको हर्नको रुपमा परम्परागत शोक धुन बजाएको छ ।

चीनमा अझैपनि कोरोना संक्रमणको डर रहेको हुनाले सर्वसाधारणलाई भने चिहानमा जान राेकिएकाे थियाे।यसैबीच, चीनका सिन्ह्वा, चाइना डेल्ली, ग्लोबल टाइम्स, पिपुललगायतका मूलधारका मिडियाले आफ्ना अनलाइन संस्करण अग्रभाग श्यामश्वेत बनाएका छन् ।

चीनको वुहान सहरबाट उब्जिएको नोवेल कोरोना अहिले वुहानको जनजीवन सामान्य बन्दै गएको छ । चीनमा अहिले साना साना पसल हरु खुल्ने गरेका छन् ।भने ठुला पसलहरु अझै खुलेका छैनन् ।

धेरै जस्तो सबैले दुई तह भएको बाक्लो मास्क र पन्जा लगाएका छन् ।वुहानबाट फैलीएको कोरोना अहिले चीन सरकारले नियन्त्रणमा आईसकेको बताएको छ भने विश्वका १०२ भन्दा बढी देशमा कोरोनाले महामारी ल्याईरहेको छ ।