सुस्तामा लागू औषध सहित एक जना पक्राउ ,
चैत २३ ,नवलपरासी पश्चिम – सुस्तामा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
नवलपरासी पश्चिमको कुडिया प्रहरी चौकीले आईतबार चेकजाँचको क्रममा सुस्ता गाउँपालिका-३ शान्तिटोल बाट लागू औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने हरुमा सुस्ता गाउँपालिका- २ बस्ने बर्ष ३९ का रगंलाल गुप्ता रहेका छन ।
गुप्ता बाट प्रहरीले ८ वटा अनरेस, १४६ पीस नाइट्रोभेट, ५७६ वाइन स्पोन र ९ पिस अाइपील सहित भारतीय युपी ५७ अार ८२७१ नम्बर प्लेट भएको मोटरसाइकल संगै नगद २३ हजार पचास रुपैया समेत बरामद गरेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
गुप्ताको मोबाइलमा आएको फोनको अधारमा थप दुई जनालाई पक्राउ गरि थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तिज जनालाई ईलाका प्रहरीले कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

