Gold
Bangad salyan

मन्त्रि ज्वाला र सल्हाकार भिम प्रकाश शर्माद्वारा थप चार स्थानमा PPE सहित स्वास्थ्य सामग्री हस्तान्तरण ,

चैत २३ ,काठमान्डौ – कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि कर्णाली प्रदेश सरकार तिब्र रुपमा अगाडी बढिरहेको छ ।

तेस्तै कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि प्रकाश ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्हाकार भिम प्रकाश शर्माले आफ्नो व्यक्तिगत रुपमा स्वास्थ्य सामग्री खरिद गरि जिल्लाका चार स्थानीय तहमा हस्तान्तरण गरेका छन् ।

कर्णाली प्रदेश सल्यान जिल्लाका स्थानीय तह शारदा नगरपालिका ,कालिमाटी गाँउपालिका ,छत्रेश्वरी गाँउपालिका र त्रिवेणी गाँउपालिकामा मन्त्रि ज्वाला र सहल्कार भिम प्रकाश शर्माले अत्यावश्यक स्वास्थ्य सामाग्री र दश थान PPE सेट व्याक्तिगत लगानीमा खरिद गरि सहयोग गरेका हुन् ।

तेस्तै प्रदेश सरकारको पहलमा कालिमाटी र छत्रेश्वरी गाँउपालिकामा औषधि र सर्जिकल माक्स सम्बन्धित स्वास्थ्य प्रमुखलाई हस्तान्तरण गरिएको छ ।

तेस्तै बाँकी स्थानीय तहमा PPE सेट र औषधि माक्स तत्कालै उपलब्ध गराउने मन्त्रि ज्वाला र शर्माले प्रतिप्रतिबद्वता जनाएका हुन् ।

मन्त्रि ज्वाला र शर्माले केहि दिन अगाडी मात्र आफ्नो खर्चमा बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाँउपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वस्थ्य सामग्री हस्तान्तरण गरेका थिए भने प्रदेश सरकारले PPE सहयोग गरेको थियो।

कर्णाली प्रदेशमा कोरोना संक्रमण भित्रिन नदिने समेत गरि काम भईरहेको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताएक छन् । कर्णालीका १० वटा जिल्लामा स्वास्थ्य सामग्री पठाउने काम निरन्तर भईरहेको पनि उनले बताए ।