Gold
Bangad salyan

लकडाउन एकसाता थप्ने तयारि ,

चैत २४ ,काठमान्डौ – आज अपराहन्न ४ बजे वालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै छ ।आज बस्ने कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अझै कम्तिमा एकसाता लकडाउन लम्ब्याउने तयारी गरेको विशेष श्रोतले जनाएको हो ।

सरकारले पहिलोपटक चैत ११ गते देखि १८ गते सम्म लक डाउनको घोषणा गरेको थियो ।१७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो ।

गत बिहिबार बसेको उच्चस्तरीय समितिको १६ औं बैठकले भने पारिवारिक रुपमा खेति पाटि गर्ने गरी किसानलाई खुकुलो बनाउने बताएपनि सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा सङ्क्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्ब्याउने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । त्यतिबेलासम्म लकडाउन कायमै रहने गरी प्रस्ताव गर्न लागेको उनले भने ।

तेस्तै १७ गतेको उच्चस्तरीय समितिको बैठकले लकडाउनमा थप कडाई गरेको छ । स्थानीय एक पालिकाबाट अर्को पालिकाना जान नपाउने गरी बैठकले लकडाउनमा थप निर्णय गरेको छ ।