अछाम जुम्ला र सुर्खेत लगायतका जिल्लाबाट ८ सय २ वटा समुना संकलन ,
चैत २६ ,काठमान्डौ – पछिल्लो समय २४ घण्टामा संकलन गरिएका ५ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै देवकोटाले बुधबारसम्म २ हजार ३ सय ६६ वटा परीक्षण भएको उनले बताए।
उपत्यकामा १ हजार ९ सय ६५ वटा र उपत्यकाबाहिर ४ सय १ जनामा परीक्षण गरिएको देवकोटाले जानकारी गरे । मंगलबार सम्म १ हजार ७ सय ९६ जनाको परीक्षण गरिएको थियो ।
हाल सम्म नेपालमा ९ जनामाथि कोरोन संकरमं फेला परेको छ ति मध्ये १ जना उपचारपछि घर फर्कीएको र ८ जनको उपचार भईरहेको छ ।
उपचाररत रहेका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिङको काम सकिएको मन्त्रालयले जनाएको छ ।
तेस्तै सरकारले परिक्षनको दयार बढाएको बताएको छ । कैलाली र कञ्चनपुरबाट मात्रै १ सय ९८ जनाको र्यापिड किट र स्वावको नमुना संकलन गरिएको छ ।
अछाम, जुम्ला र सुर्खेत लगायतका जिल्लाबाट ८ सय २ वटा नमुना संकलन गरिएको प्रवक्ता डा. देवकोटाले बताए ।
दिपायलमा बुधबार ३ सयभन्दा बढी नमुना संकलन गर्ने उद्देश्यका साथ टोली परिचालन गरिएको छ ।
उपत्यकामा १२ र उपत्यका बाहिर १ सय २२ गरी बुधबारसम्म १ सय ३४ जना आइसोलेसनमा रहेका छन् भने ८ हजार ५ सय ८० जना क्वारेन्टाइन्मा छन् ।

