Gold
Bangad salyan

गुर्भाकोट मेहेलकुना क्वारेईनटाईनमा १५ जना ,छिट्टै नमुना संकलन गरिने ,

चैत २६ ,काठमान्डौ – कर्णाली प्रदेश गुर्भाकोट नगरपालिका मेहेलकुना सुर्खेत सिटिहलको क्वारेईनटाईनमा १५ जना राखीएको छ ।

उनीहरुको छिट्टै नमुना संकलन गरिने गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले जानकारी दिए ।

नका अनुसार ति सबै १५ जना बागलुङ्गबाट आएका हुन् । तेस्तै गौरीफन्टा नाकाहुँदै नेपाल भित्रिएका गुर्भाकोटका ५ जनालाई भने प्रदेसको क्वारेईनटाईनमा राखीएको छ ।

उनीहरु नगरपालिकामा प्रवेश गर्नुभन्दा अगाडिनै प्रदेश सरकारले विरेन्द्रनगरको क्वारेईनटाईनमा राखिसकेको मा पुनले धन्यवाद व्यक्त गरे ।

गुर्भाकोट नगरपालिकाले मेहेलकुना ८ खैरेनीमा निर्माण सिटि हलमा २८ बेडको क्वारेईनटाईन सुरु गरेको छ भने सहारेको स्वास्थ्य चौकीमा पनि १४ बेडको क्वारेईनटाईन सुरु गरेको छ।