Gold
Bangad salyan

विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम ट्रम्पले रोके कोरोनाभाईरस ईफ़ेक्ट

वैशाख ३ ,काठमान्डौ -अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम बन्द गर्न आफूले प्रशासनलाई निर्देशन दिएको बताएका छन् ।

चीनबाट फैलीएको कोरोना भईरसलाई संयुक्त राष्ट्रको यो संगठनले यसलाई सम्हाल्न असफल रहॆको र वास्तविक तस्बिर लुकाइरह्एको ट्रम्पको दाबि छ ।

तेस्तै विश्वस्वास्थ्य संगठनले अहिले सम्म कोभिड १९ लाई रोक्न आधारभूत काम समेत नगरेको ट्रम्पले बताए।

हाल सम्म अमेरिकाले विश्वस्वास्थ्य संगठनलाई सबै भन्दा बढी रकम दिदै आएको छ । ह्वाइट हाउसको रोज गार्डेनमा बोल्दै ट्रम्पले देशमा सबैकुरा सामान्य गर्नका लागि सुक्ष्म तरिकाले काम भईरहेको र सबै चाडै ५० गभर्नरसँग कुरा राख्ने बताएका छन्।

अमेरिकाले विश्वस्वास्थ्य संगठनलाई हरेक वर्ष ४० देखि ५० हजार डलर दिने गर्छ भने चीनले जम्मा ४ करोड डलर ।

विश्वस्वास्थ्य संगठनले यदि चीनमा गएर स्थिती हेरेको भए र त्यहाँको स्थितीबारे पारदर्शी ढङ्गले जानकारी दिएको भए अहिले यो भयावह नाउने समेत ट्रम्पले बताएका छन् ।

संगठन चीन परस्त रहेको र कोरोना भाईरस संक्रमण रोक्नमा विश्व स्वास्थ्य संगठनले के कस्तो भूमिका खेल्यो भन्ने जानकारीको समिक्षा गरिने पनि ट्रम्पमले बताए ।

अहिले विश्वभरिनि कोरोना महामारी फैलिरहेको बेला भने ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोकेका बताएका छन् ।

एजेन्सी ,