सल्यानमा घाँटीमा मासु अडकिएर एक जनाको मृतु ,
वैशाख ७ ,सल्यान – सल्यानमा बाख्राको मासु खाँदा घाँटीमा अडकिएर एक जनाको ज्यान गएको छ ।
सल्यान शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ बर्षिय देवीलाल कामीको घाँटीमा मासु अड्कीएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको हो।
उनि सल्यान चौर स्थित स्थानिय बालाराम कवरको घरमा धामी झाँक्री गर्न गएका थिए । आईतबार बिहान करिब ३ ,४ बजे तिर बाख्राको मासु खाने क्रममा घाँटीमा मासी अडकिएको थियो ।
उपचारको लागि जिल्ला अस्पताल सल्यान लगेपनि बिहान ७ बजे अस्पतालले मृत घोषित गरेको थियो । देवीलालको शव अहिले पोष्टमार्टम गर्ने तयारी भैरहेको प्रहरीको जाकारी गरेको छ।

