लकडाउनको मौका छोपी भारत तर्फ अवैधरुप लैजादै गरेको मदिरा बरामद ,
वैशाख १२ ,नवलपरासी पश्चिम – लकडाउनको मौका छोपेर अवैध रुपमा मदिरा ओसार पसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
लकडाउनको मौका छोपेर स्थानीय तस्करहरुले घरेलु मदिरा र ७५७ बोतलका विभिन्न कम्पनी उत्पादन मदिरा भारत तर्फ अवैधरूपमा लैजादै गर्ने क्रममा जिल्लाको पश्चिमको ईलाका प्रहरी कार्यालय बेलाटारीको गस्ती टोलीले भारतको विभिन्न सिमा नाकाबाट मदिरा बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलाटारीको प्रहरी निरीक्षक खुमानन्द पाण्डेयको नेतृत्वमा खटिएको गस्ती टोलिले गूठिप्रसौनी, बसहीया, पकलिहवा र खैरटहवा लगायतका ठाउबाट भारत लैजादे गरेको करिब ६० हजार बराबरको मदिरा बरामद गरेको हो ।
बरामद गरेको मधिरा महेशपुर भन्सार कार्यालय नवलपरासीलाई बुझाएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेयले जानकारी गराएका छन ।
स्थानीयकै स्रोत अनुसार र तिब्र रूपमा गस्ती टोलि परिचालन गरेपछि १ महिना भित्र ईलाका प्रहरी कार्यालय बेलाटारीले करिब ४ लाख बराबरको अबैध सामग्रीहरु बरामद गरि महेशपुर भन्सार कार्यालय नवलपरासीलाई बुझाइसकेको प्रहरी निरीक्षक पाण्डेयले बताउनु भएको छ ।

