Gold
Bangad salyan

तिन महिनाबाट हिमपहिरोमा हराएका ७ जनाको शव फेला ,

वैशाख २० ,काठमान्डौ – कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिकामा गएको हिमपहिरोमा परेर बेपत्ता भएका सातै जनाको शव फेला परेको छ ।

२०७६ साल माघ ३ गते अन्नपूर्ण गाँउपालिका वडा नं ११ मा पर्ने हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा तीनजना नेपाली गाईड तथा चारजना कोरियन पर्यटकहरु बेपत्ता भएका थिए ।

अन्य दुई जनालाई खोज्न पश्चिम पृतना हेडक्वाटरको समन्वयमा पोखरास्थित सेकेण्ड रेञ्जर बटालियनबाट टोली परिचालित भएको थियो ।

टोलीले शुक्रबार फेला पर्न बाँकी एक जना नेपाली र एक जना कोरियन नागरिकको शव पनि फेला पारेको छ । शवलाई शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई पु-याएको छ ।