Gold
Bangad salyan

किरण ओलीले गरे स्व. आमाको सम्झनामा नगरपालिकाको विपद कोषमा २५५०० सहयोग ,

वैशाख २५ ,काठमान्डौ – नेपाल स्वास्थ्यकर्मि संघका केन्द्रिय उपाध्यक्ष किरण ओलीले गुर्भाकोट नगरपालिकाको विपद व्यवस्थापन कोषमा रु २५,५०० जम्मा गरेका छन् ।

ओलीले आफ्नी स्व. आमा गोरिदेवि ओलिको सम्झनामा उक्त रकम सहयोग गरेेेका हुन ।

ओली स्थानीय तहका कर्मचारी संघ कर्णाली प्रदेश अध्यक्ष समेत हुन् । किरणले नगरपालिकाको कार्यालयमा पुगेर नगरप्रमुख हस्त पुनलाई रकम हस्तान्तरण गरेका छन् ।

विश्वमै महामारीको रुपमा फैलीएको कोरोना संक्रमण महामारीको प्रतक्ष असर नेपालमा पनि देखिन सुरु गरेको छ । हाल सम्म नेपालमा १०१ जनामा कोरोना पुस्टि भएको छ ।

अन्यत्र देशको जस्तै नेपालमा महामारी फैलिन नदिन नेपाल सरकारले देशमा लकडाउन जारि राखेको छ ।

लकडाउनमा अति विपन्न निम्न वर्गका गरिबले काम गर्न नपाउँदा उनीहरुलाई साँझ बिहान छाक टार्न समेत मुश्किल भएको छ ।

यस्तो विपद अवस्थामा आफ्नो यो सहयोगले उनीहरुलाई केहि राहत महसुस हुने भन्दै किरण ओलीले उक्त रकम हस्तान्तर गरेको बताए ।

तेस्तै नगरपालिकाले सुरु गरेको विपद व्यवस्थापन कोषमा विभिन्न व्यक्तिबाट सहयोग रकम जुटिरहेको भन्दै नगरप्रमुख हस्त पुनले ओलीलाई धन्यवाद दिए ।