Gold
Bangad salyan

पिपलको रुखमुनी बस्नुहोस मुलको चिसो पानि पिउनुहोस,

जेठ ,१० काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालिका ९ मा रहेको मदन आश्रित धारालाई लामु समयपछि पुर्ननिर्माण गरिएको छ ।

दैनिक जस्तो सहारे स्कुल ,कलेज देखि बटुवाले पानि पिउने धारमा धेरै पछि पानि बगेको छ।

गुर्भाकोट भालुखोला ,बोटेचौर ,सहारे ,मलारानी ,काल्चे, कालिमाटी देखिका बटुवाले यो धारमा पानि पिउने गर्दछन।

सहारे फाँटमा धान रोपाई गहु खेतीबाली बोकेर हिड्ने कृषकले यो धारको चिसो मुलको पानि पिउने र भारि बिसाउने गर्दछन।

किन कि यो धारा संगै सरर हावा चल्ने वर र पिपलको ठुलो -ठुलो रुखहरु छन जसको छहारीमुनि बटुवाले आफ्नो थकाई मेटाउने गर्दछन।

धारा लामो समयदेखि बन्द भएपछि गुर्भाकोट नगरपालिका वडान ९ को आर्थिक सहयोग र स्थानीयको श्रमदानमा पुर्ननिर्माण गरिएको छ।

धारा पुनर्निर्माण गरिएपछि धारा उपभोक्ता समितिका अध्यक्ष अम्मरराज ओलीले स्थानीय बटुवा खुसि भएको बताए ।

यो धारा पुर्खौबाट स्थानीयले पानि पिउने गरेकाले एक ईतिहास रहेको वडा अध्यक्ष शशी भट्टराईले बताए।

स्थानीय विरेन्द्र ओलीले लामो समयपछि आफुले मदन आश्रित स्मृति धारको पानि पिउदा आन्नद लागेको बताए।