मुस्लिम हरुको ईद पर्वलाई घोषणा गरिएको विदा भोलिलाई सर्यो ,
जेठ ११ ,काठमान्डौ – सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सरेको छ ।
आज दिएको ईद पर्वको सार्वजनिक बिदा भोलि सोमबारको लागि सारीएको गृह मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको हो।
घोषणा गरिएको बिदामा नेपाल र दक्षिनएसियाबाटनै चन्द्रमा नदेखीएका कारण मुस्लिम आयोगबाटनै भोलि १२ गते सोमबार बिदाको अनुरोध आएको हुँदा उक्त बिदाको मिति सच्याईएको सरकारले जनाएको हो।


