आगामी आर्थिक वर्षको वृद्धि ७ प्रतिशत हुने सरकारको अनुमान,
जेठ १५ ,काठमान्डौ – सरकारले आगामी आर्थिक वर्षको वृद्धि ७ प्रतिशत हुने अनुमान गरेको छ।
सरकारले एक वर्ष पहिले यो वर्ष ८ प्रतिशतले वृद्धि हुने अनुमान गरेपनि २.३ प्रतिशतमा सीमित हुने तथ्यांक विभागको प्रक्षेपण छ।
गत फागुन महिनाबाट फैलीएको कोरोना महामारीका असरले वृद्धिदर घटेको सरकारले बताएको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाले कुल १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दै उनले मूल्यवृद्धि पनि ७ प्रतिशतभित्र राखिने घोषणा गरेका हुन् ।
मुद्रास्फिति पनि ७ प्रतिशतमा कायम गर्नेगरी राष्ट्र बैंकले मौद्रिक नीति तय गर्ने खतिवडाले बताए।

