Gold
Bangad salyan

आमा नुहाउन गएको मौका छोपी चार वर्षीय बालिकालाई बलात्कार,

जेठ २० ,नवलपरासी पश्चिम – नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत भएकी छन् ।

सरावल गाउँपालिका वडान ४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई वडान ४ ललितपुरका २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको सरावल ४ का वडा अध्यक्ष छाेटेलाल यादवले बताउनु भएको हाे।

बालिकाको आमाले आफुले नुहाइरहेकाे समयमा आइतबार करिब ३ बजे बालिका घरमा एक्लै खेलिरहेकाे बेला मिठाईको प्रलोभन देखाएर सहानीले बलात्कार गरेको बताएकी छिन्।

बालिका रुनसाथ साे स्थानसम्म आमा पुग्दा सहानी घरबाट फरार भइसकेका हुन।

छाेरी राेइरहेकाे अवस्थामा फकाउदा फुलाउदा नमानेपछि लिंग तिर बालिका इसारा गरेर रुदा आफुले हेर्दा पेट डम्म फुलेको तथा रगत बगिरहेको देखेपछि मंगलापुर स्वास्थ्य चाैकी उपचारका लागि लगेका हुन ।

स्वास्थ्य चाैकीमा स्वास्थ्यकर्मीले बालिकाकाे अवस्था गम्भीर देखेपछि पृथ्वी चन्द्र अस्पताल परासी पठाइएको छ ।

साे घट्नाबारे वडा अध्यक्ष छाेटेलाल यादवले थाहा पाउनसाथ गाेबरहिया प्रहरी चाैकी र जिल्ला प्रहरी कार्यलयलाई खबर गरेका हुन ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनसाथ गाेबरहिया र जिल्ला प्रहरी टाेलि मंगलापुर पुगेका छ ।

घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी कार्य भइरहेको गाेबरहिया प्रहरीचाैकी इन्चार्ज तिलक रमायझिले जानकारी दिनुभएको छ।

रविन्द्र याद/नवलपरासी पश्चिम ,