Gold
Bangad salyan

कोपिला भ्याली सेवा समाज सुर्खेत द्वारा सिम्ता गाँउपालिकालाई स्वास्थ्य सामग्री सहयोग ,

जेठ ३१ ,काठमान्डौ – नेकपा जिल्ला कमिटि सदस्य सरस्वति सिंहकाे पहलमा कोपिला भ्याली सेवा समाज सुर्खेतले सिम्ता गाँउपालिकालाई कोरोना प्रतिरोधात्मक सामग्री उपलब्ध गराएको  छ।

राहत सामाग्रिमा क्वारेन्टाइनमा रहेका सम्पुर्ण नागरिकलाई केएन ९५ माक्स सेनिटाइजर, ब्रस, मन्जन, साबुन,महिला हरुका लागि सेनेटरिप्याट बच्चाहरुका पानिखाने बाल्टिन, पानी सुदृढीकरण गर्ने पीयूष ट्वाइलेट सफागर्ने हारपिक सम्बन्धित पालिकालाई हस्तान्तरण गरियको कोपिला भ्यालि सेवा समाजका अध्यक्ष टोप बहादुर मल्लले बताए।

हस्तान्तरण गरिएका सामग्री सिम्ता गाँउपालिकाको मातहातपछि विभिनन क्वारेईनटाईनमा बसेकाहरुलाई उपलब्ध गराईने छ।

कोपिला समाजले कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानीय तह गाँउपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गर्ने गरेको छ।

अहिले विश्वमै फैलीएको कोरोना संक्रमणको महामारीको असर नेपालमा समेत परेको छ ,जसबाट ५ हजार बढी ब्याक्ति प्रभावित भएका छन्।

नेपालमा हाल सम्म विभिन्न जिल्लामा गरि १६ जनाको कोरोनाबाट मृतु भईसकेको छ जसबाट बच्न सरकारले विभिन्न कदम चालिरहेको छ।