Gold
Bangad salyan

छोरा छोरी भेट्न पुगेका अभिभावक चार महिनापछि अस्ट्रेलियाबाट काठमान्डौ आउदै ,

साउन ९ ,काठमान्डौ – अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरु बोकेर नेपाल एयरलाइन्सको जहाज आज काठमाडौं उडेको छ ।

उक्त फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरुलाई पनि सिड्नी हुँदै काठमाडौं आउदै छन ।

स्थानीय समय अनुसार साढे ३ बजे नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज काठमाडौं प्रस्थान गरेको हो ।

अष्ट्रेलियामा रहेका आफ्ना छोरा छोरीलाई भेट्न पुगेका अभिवाभावक र पर्यटकहरु फकिदै छन् उनीहरु चार महिनाअघिबाट लकडाउनमा परेर रोकीएका थिए।

नेपाल आउने भन्दै १३ जनाले फारम भरेपनि पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाइएको दूतावासले जानकारी गरेको छ।

जहाजको भाडा यात्रुआफैले तिरेका छन्या जसमा २ हजार ३ सय ५० अष्ट्रेलियन डलर भाडा लिइएको छ ।

यातुसबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पठाईएको दुतावासले जानकारी दिएको हो।

उनीहरुलाई नेपाल पुगेपछि होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाइने दूतावास स्रोतले बतायो ।

नेपाल एयरलाइन्सको सो जहाजमा क्याप्टेन समझ कुमार श्रेष्ठ, क्याप्टेन श्रवण रिजाल, क्याप्टेन मनोहर कोल्हात्कर लगायत छन् । फ्लाइट अफिसरको रुपमा भोगेन्द्र कठायत, सन्जय पौडेल र प्रशान्त श्रेष्ठसमेत छन् ।