Gold
Bangad salyan

सरकारले भन्यो चीन संग कुनै सिमा विवाद छैन ,

असार १२ ,काठमान्डौ – सरकारले चीन संग कुनै सिमा विवाद नरहेको स्पष्टीकरण दिएको छ।

नेपाल भारत सिमा विवाद चलिरहेको बेला नेपालले चीनले पनि नेपालि सिमा मिचेकोबेला केहि नबोलेको भन्दै विभिनन टिकाटिप्पनि भएक छन्।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको बताएको छ।

तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको परराष्ट्रले उल्लेख गरेको छ । परराष्ट्रले भनेको छ सिमा सम्बन्धि विषय कृष् मन्त्रालयको क्षेत्राधिकारमा पनि पर्दैन।

त्यस्तै, हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको र प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रले उल्लेख गरेको छ ।

कृषि मन्त्रालयले बिहीबार नै विज्ञप्ति जारी गरी नेपाल र चीनबीच सीमा विवाद भनी उल्लेख गरिएको समाचारमा मन्त्रलयको प्रतिवेदन समेत नभएको स्पस्ट पारिएको छ।

यो विषयलाई आधार बनाएर आएका सबै समाचार मन्त्रालयको प्रतिवेदनमानै छैन र सोसम्बन्धी विषय मन्त्रालयको कर्यक्षेत्रमा पर्दैन आएका समचारमा अकुनै सत्यता छैन सचिव राजेन्द्रप्रसाद भारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सीमासम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने पनि परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ ।