भारत वार्ताको लागि तयार भएन प्रदिप ज्ञवाली ,
असार १३ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
बैठक गत बुधबारबाट जारि छ आजपनि बैठक बस्ने वालुवाटार श्रोतले जनाएको छ। हिजोको बैठकमा समितिले नेपाल भारत सीमाविवाद बारे कुरा उठाएको थियो।
बैठकमा स्थायी समितिका सदस्य परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतलाई तीन पटक पत्र पठाउँदा पनि चासो नदिएको बताएका थिए ।
उनले भने हामीले भारतलाई सिमाविवादको लागि छलफल गरौ भनि तिन पटक पत्र पठाउदा पनि कुनै चासो देखाएन यो बाट प्रस्ट थाहा हुन्छ भारत वार्ताको लागि तयार छैन।
समिति सदस्य पर्यटन मन्त्री योगेश भट्टराईले भने,‘बैठकमा उहाँले चीनले सीमा मिचेको भनेर पछिल्लो समय मिडियामा आएका समाचार फर्जी कागज बनाएर आएको बताए।
यसअघि बिहीबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले चीनले सीमा नमिचेको र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सीमा मिचिएको बारे कुनै प्रतिवेदन नै नबनाएको बताएको थियो।
हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन प्रधानमन्त्री ओलीले आफु वालुवाटारमा अन्य काम ब्यस्त भएको र आजको बैठक नेकपा अध्यक्ष प्रचण्डले सुचारु गर्ने बताएका थिए।
प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनको पालो सम्म आईपुग्ने बताएपनि भने सांझा सम्म आएनन र बैठक सम्पत् भयो।
हिजो बसेको स्थायी समिति बैठकमा उपस्थित सबै सदस्यले सिमाविवादको कुरा उठाएका छन् भने नेपालले लिम्पियाधुरासहितको नक्सा जारि गर्नुमा सरकारको काम प्रसंसनिय भएको बताएका हुन्।

