घाँस काट्दै गरेकी महिलालाई खुकुरी देखाएर गहना लुटपाट,
असार १३ ,काठमान्डौ – घाँस काट्दै गरेकी महिलालाई खुकुरी देखाएर गहना लुटपाट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुरको चाँगुनारायणमा आफ्नै बारीमा घाँस काटिरहेको पार्वती गुरुङको ९९ लाल सुनको एक जोर गहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक घर भई भक्तपुर सुर्यविनायक बस्दै आएका ३१ वर्षीय विशाल तामाङ र ४८ वर्षीय मंगल तामाङलाई स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको साँखुका प्रहरी प्रमुख इन्सपेक्टर गोविन्द पन्थीले जानकारी दिए ।
लुटपाट भएको आधा घण्टाभित्रै शंखरापुर नगरपालिका–६ स्थित सलम्बुटारबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
खुकुरिस अहित दुवैलाई थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको पन्थीले जानकारी दिए ।

