स्थायी समिति बैठकमा प्रधानमत्री ओली आजपनि बस्न मानेन ,
असार १३ ,काठमान्डौ – स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओली आजपनि अनुपस्थित भएपछि चर्को आलोचना भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको तेस्रो दिनको बैठकमा प्रधानमन्त्री ओली एकैछिन सहभागी भएर हिँडेका छन् ।
सुरुको दिन बैठकलाई सम्वोधन गरेका प्रधानमन्त्री ओली शुक्रबारको दोस्रो बैठकमा पनि उपस्थित थिएनन।
हिजो शुक्रबारबाट एजेण्डागत रुपमा छलफल थालिएको छ ,प्रतेक सदस्यलाई बोल्न १० मिनेटको समय तोकीएको छ।
हिजोको बैठकमा सदस्यहरुले सिमाविवादको बारेमा आफ्नो धारणा राखेका थिए भने आजपनि उनीहरुले सिमानाको बारेमा धारणा राख्ने बताईएको छ।

