Gold
Bangad salyan

सुर्खेत अस्पतालमा कोरोना परिक्षण गर्ने मेसिन बिग्रीयको ,

असार १४ ,सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कोरोना परिक्षण गर्दै आईरहेको पीसीआर मेसिन मेसिन बिग्रिएको छ ।

गत शुक्रबारबाट पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा प्रयोग गर्दै आईरहेको पीसीआर मेसिन बिग्रीएको हो।

मेसिन बिग्रिएपछि प्रयोगशालामा रहेका स्वाबहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र छिमेकी जिल्लामा पठाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी बताए।

कोरोना परीक्षणका लागि प्रदेशमा तीन वटा ठूला र एउटा सानो गरी चार वटा मेसिनहरु छन् ।

शुक्रबारदेखि बिग्रीयको मेसिन हार्डवयरमा समस्या देखिएको र मर्मतको लागि सप्लायर कम्पनीलालाई अस्पतालले पत्र काट्ने तयारि भईरहेको तिवारीले बताएका हुन्।