Gold
Bangad salyan

गाँउ घरमा पाईने फट्यांग्रा धानेलाई सलह भनेर भर्म ,

असार १४ ,काठमान्डौ – नेपालमा अहिले सलह भनेर चर्चा हुने गरेको किरा फट्यांग्रा हो ,जुन किरालाई गाँउ घरमा धाने भनेर चिन्ने गर्दछन।

,यो सानो र ठुलो जातो हुन्छ , ठुलो जातको धानेलाई मानिसले छोपेर धागो वा डोरीले बाँधेर राख्ने र नचाउने समेत गरिन्छ।

आज भन्दा पहिले दश ,बाह्र वर्ष पहिले मात्र नभई किसानले लगाएको अन्नबालीमा पर्या देखिने गर्दछन।

यो किरा कुखुरा ,चरा चुरंगीको लागि उपयुक्त चारो बन्ने गर्दछ, यो मकै बालि भन्दा बढी गहु बालि काट्ने बेलामा देखिने गर्दछ र यसमा हुने सानो जातको हरियो ,वा कालो रंगको फट्यांग्रा धाने मकै बालि र धानबालीमा देखिने गर्दछ।

फरक यति मात्र हो यो फट्यांग्रा अहिले नेपालमा धेरै मात्रामा देखिने गरेको छ ,मुख्य कुरा त के हो भने यो किराले पर्या अन्नबाली नोक्सान गर्दैन ,यो पर्या रुख वा अन्नबालीको पातमा बस्ने गर्दछ।

तर सरकारले किसानको अगाडी झुठो बन्दै यो किरा सलह भएको र अन्नबाली नोक्सान गर्ने भन्दै व्याख्या गर्ने गरेको छ।

सलहले किसानको अन्नबाली नोक्सान गर्नसक्ने र भोकमारी निम्त्याउने कृषि विज्ञले आंकलन गरेका छन्।

यो किरा अहिले पनि विभिन जिल्लामा जाने हो र खेत बारीमा अनुगमन गर्ने हो भने फेला पर्ने गर्दछ,केहि महिना अगाडी भारतमा अत्यधिक देखियो अहिले नेपालमा देखिएको फट्यांग्रा नेपालका विभिनन जिल्लामा जाने गरेको छ।

कृषि विज्ञहरु भने यसलाई लिएर विभिन्न अध्यन गर्ने भन्दै किरा ल्याउने टिप्ने समेत गरेका छन् ,आज मात्र सुदुरपश्चिम प्रदेशले एक किलो फट्यांग्रा ल्याउनेलाई ५० रुपैया दिने भनेर पुरस्कार घोषणा गरेको छ भने ,प्रदेश ५ सरकारले प्रतिकिलो २० रुपैयाँ दिने भएको छ।

किसानलाई फट्यांग्रा ,सलह को जानकारीका लागि ध्यान केन्द्रित गर्नु स्वाभाविक हो तर यसले कृषिमा तेती क्षति गर्दैन।