Gold
Bangad salyan

कृषिमा क्रान्ति ल्याउनुहोस कोहि भोकले मर्दैन प्रधानमन्त्री ओली ,

असर १५ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ् देशभर धान दिवस मनाउन किसानहरुलाई आवहान गरेका छन्।

आज असर १५ को दिनलाई रोपाइँ महोत्सवका रूपमा पनि चिन्ने र मनाउने गरेको हुनाले खाद्य र पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने राष्ट्रिय प्रतिबद्धताका साथ सुस्पष्ट रहेको समेत बताए ।

पछिल्ला केही वर्षहरुमा जनसंख्या बृद्धिको साथै जनताको आर्थिक अवस्थामा सुधार आई दुबै छाक भात खाने प्रचलन र मसिनो चामलको उपभोगमा भएको बृद्धिले समेत धान चामलको मागमा तीब्र बृद्धि हुँदै आएको ओलीले बताए।

त्यसैगरी हाम्रो जीवन चक्रका सोह्र संस्कारमा धान, चामल र यसबाट बन्ने परिकारहरुको प्रयोग र प्रचलनको निकै लामो र समृद्ध परम्परा रहिआएको जीवन पद्धतिसँग धानको घनिष्ठ सम्बन्ध कायम रहेको पनि प्रधानमन्त्री ओलीले स्पष्ट पारेका हुन् ।

तेस्तै ओलीले जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिनेगरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन बृद्धिमा केन्द्रित हुनु पनि आग्रह गरेका छन् ।

नेपालमा कोही भोकै पर्दैन र कोही भोकले मर्दैन भन्ने वर्तमान सरकारको नारा अनुरुप आधारभूत खाद्य वस्तुमाथि सबै नागरिकको पहुँच कायम गराउन सकियोस् भन्नेमा आफुले विशेष प्रयाश गरिरहेको पनि ओलीले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम एउटा महत्वपूर्ण कृषिको बहुआयामिक कार्यक्रम रहेको र यस कार्यक्रमलाई सफल पार्दै नेपालमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने दिशामा अग्दै बढ्न पनि उनले जानकारी गरेका छन्।

आज असार १५ गते देशभर धान दिवस मनाउने गरिन्छ। आजको दिनलाई किसानले दहि चिउरा खाने दिन पनि भनेर चिन्ने गर्दछन।

आज खेतका आली गोड्ने ,किसानहरु हिलाम्य हुने असारे दित गाउने गरि धान दिवस मनाउने गरिन्छ। यो वर्षको धान दिवसको नारा धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ तय गरिएको छ ।