अमेरिकी म्युजिक ब्याण्ड गित बजायो भने सलह भाग्छ मन्त्रि भुषाल ,
असार १५ ,काठमान्डौ – भारतबाट अहिले नेपालमा सलह भित्रिएसंगै किट विज्ञहरुले विभिनन अनुमान लगाउने र बताउने गरेका छन्।
यो संगै सरकारलेपनि किसानलाई नआत्तिन बताएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सलाहलाई संगीतले लठ्याउने जानकारी पाएको उल्लेख गरेका छन् ,सलह तेस्तो संगीतले लठ्याउने ,झुम्ने र कक्रक्क हुने गरेको सुनेपछि त्यस्तो गित संगीत झिकाउन लागेको बताए।
जसको लागि अमेरिकी हेभी मेटल म्युजिक ब्यान्डको गीत संकलन भइरहेको भुषालले जानकारी दिए ।
सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले स्थानीय तहले सलह नियन्त्रण गर्न सक्ने अवस्था नभएर ठूलो क्षति हुन थाले केन्द्रले बजेट पठाउने बताए।
सलह नियन्त्रणका लागि संगीत र गीत धेरै प्रभावकारी हुने मन्त्री भुसालले चर्चा गर्दै भने मलाई अस्ट्रेलियामा बस्ने भाइले फोनमा सलह कीरा नियन्त्रणका लागि गीत र संगीत प्रभावकारी हुने भनेका छन्, त्यहीअनुसार गीत संकलन गर्न लागिएको छ ।
सलह अहिले स्थानियामा पनि पस्न थालेको छ ,प्रदेश स्थानिय तहमा कसरि नियन्त्रण गर्ने भनेपनि चाडै निर्देशिका बनाईने पनि उनले बताए।
सलह तराई हुँदै अहिले विभिनन प्रदेशका जिल्लामा पुगेको हुनाले किसान हरु चिन्तित नहुन र किसानले सलह नियन्त्रण गर्न नसकी अन्नबालीमा नोक्सान भए सरकारले केन्द्रबाट बजेट छुट्याउने बताए।

