Gold
Bangad salyan

अभिषेक बच्चनलाई पनि कोरोना पुस्टि ,

बलिउड नायक अभिषेक बच्चनलाई पनि कोरोना पुस्टि भएको छ। हिजोमात्र उनका बाबु अमिताभ बच्चनलाई कोरोना पुस्टि भएर अस्पताल भर्ना भएका थिए।

आजमात्र अभिषेक बच्चनले आफ्नो ट्वीटर मार्फत चेक जांचमा आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् भने, भारतीय संचार माध्यामले पनि उनलाई कोरोना पुस्टि भएको समचारमा लेखेका छन्।

अमिताभ बच्चनका सबै परिवारको कोरोना जांच गरिएको अन्यको रिपोर्ट आउँ बाँकी छ। अभिषेक बच्चन पनि अहिले अस्पताल भर्ना भएका छन्।