Gold
Bangad salyan

भारतीय समाचार च्यानलको प्रतिबन्ध तत्काल हट्दैन’

असार २८ ,काठमान्डौ – भारतीय न्युज च्यानलमा लगाईएको प्रतिबन्ध तत्काल नहट्ने सञ्चारमन्त्रि तथा अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुत यान्छी बीच आपतिजनक सामग्री प्रसारण गरेपछि नेपालले भारतीय च्यानल गत बिहिबारबाट बन्द गरेको छ।

नेपालको जमिन कालापानी ,लिपुलेख ,लिम्पियाधुरा सहितको नक्सा नेपालले जारि गरेपछि भारतीय मिडियाले नेपालको विरोध गरेका छन् भने नेपाल चीनको ईशारामा चलेको भन्दै प्रशारण गरेका छन्।

मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले परिस्थिति अनुकुल र मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरेका हुन्।

भारतीय न्युज च्यानल दुराशायपूर्ण रुपले अगाडि नबढेकाले तत्काल प्रतिबन्ध नहट्ने उनले बताए ।