प्रचण्ड निवासमा स्थायी समितिका नेताहरूको बैठक बादल अनुपस्थित ,
साउन ४ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य र केही स्थायी समितिका नेताहरू प्रचण्ड निबास खुमलटारमा छलफलमा जुटेका छन् ।
उक्त छलफलमा नेकपा अध्यक्ष प्रचण्डसहित, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
त्यसै भीम रावल, रघुजी पन्त, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्ट, मात्रिका यावद लगायतका स्थायी समिति सदस्यहरू पनि छलफलमा उपस्थित छन् भने अर्का सचिवालय सदस्य रामबहादुर थापा बादल अनुपस्थित रहेको वालुवाटार सचिवालय श्रोतले जनाएको छ।
शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने सहमति भएपछि प्रचण्डपनि आलोचित बनेका छन्।
उक्त विषयको छिनोफानोको लागि बैठक बसेको श्रोतले बतायो। शनिबार दिउँसो दुई अध्यक्षबीच दुई घण्टा लामो छलफल भएको थियो ।
सो छलफलमा प्रचण्डले ओलीसँग कुनै कुराको लेनदेनमा सहमति गरेको आशंका अन्य नेताहरूले गरेका छन् ।
ओलीले पटक पटक धोका दिएको हुनाले कुनै खालको सहमतिमा विश्वास नगर्न नेताहरुले सुझाव दिएका छन्।
ओलीले तत्काल आफूमाथिको संकट टार्न महाधिवेशनको बल्छी फालेको माधव नेपाल पक्षको बुझाइ छ ।
प्रचण्डसँग माधव नेपाल असन्तुष्ट बनेपछि खुमलटारमा ब्रिफिङ्ग चलिरहेको छ ।

