जब आफ्नै मामाले भान्जाको हत्या गरेको १३ वर्ष पछि रहस्य खुल्यो ,
साउन ४ ,काठमान्डौ – आफ्नै भान्जाको रहस्यमय हत्या गर्ने सहोदर मामालाई १३ वर्ष पछि पक्राउ गर्न सफल प्रहरी कर्मचारी सम्मानित भएका छन्।
०६४ असोज २४ मा ११ वर्षीय रोहित गुप्ताको अपहरण पछि हत्या भएको थियो। प्रहरीको लामो अनुसन्धानमा हत्याका मुख्या योजनाकार मामा राजेश कुमार गुप्तालाई ०७७ असार ३ गते सर्लाही मंगलवा गोरखकालीबाट पक्राउ परेका छन् ।
न्यूरोडका कपडा व्यापारी बासुदेव गुप्ताका छोरा ०६४ असोज २४ मा अपहरणमा परे अपहरणकारीले २ लाख फिरौती मागे। ,
तर बासुदेवको ११ वर्षीय छोरा कहिले फिर्ता आएनन पैसा बुझाएको दुई दिनपछि कमलादीस्थित गणेश मन्दिर नजिकैको फोहोरको थुप्रोमा उनको छोराको शव फेला पर्यो ।
न्युरोडमा बासुदेवको कपडा पसल थियो ,राजेशपनि विराटनगरमा कपडा पसल गर्थे पसलमा दुई दिनपछि कमलादीस्थित गणेश मन्दिर नजिकैको फोहोरको थुप्रोमा उनको छोराको शव भेटियो ।
विराटनगरमा कपडा व्यापारमा घाटा लागेपछि राजेश कुमार गुप्ता पनि काठमाडौंमा आएर व्यापार गर्न सुरु गरे बहिनी ज्वाईंको पसल नजिकै उनले पनि कपडाको व्यापार गर्न थाले । उनको पसलमा धादिङका बिष्णु सुनारले काम गर्थे ।
कपडा व्यापारमा घाटा बढ्दै गएपछि राजेशले भान्जा अपहरणको योजना बनाए । भाञ्जा राोहित जोरपाटीस्थित राई स्कुलमा ७ कक्षामा पढ्थे राजेश रोहितका आफ्नै मामा हुन् ।
अपहरण गर्न विष्णुको सहयोग मागेका राजेशले जादु सिकाउने भन्दै भान्जालाई खिचापोखरीमा रहेको विष्णुको कोठामा लगे ।
विष्णु र राजेश मिलेर नाइलनको डोरीले घाँटी कसेर, रुमालले मुख थुनेर भान्जाको हत्या गरे त्यपछि बासुदेवलाई फोन गरेर फिरौती मागे ।
तेस्पछि विष्णु फिरौती माग्थे राजेशले भने बहिनी,ज्वाईं सँगै बसेका थिए र भन्थे हामीलाई ‘भान्जाको ज्यान प्यारो छ पैसा ठुलो हैन ,त्यो बेला बहिनि ज्वाईलाई लाग्थ्यो हाम्रो लागि काम गरिरहेको छ।
तेस्पछि दुई लाख दिने सहमति भएपछि फिरयती पैसा लगेर राजेश थानकोट त्रिभुवन पार्कमा पुगे ,आफैले पैसा राखेर भने ट्याक्सीमा मुख छोपेर आएका ब्याक्तिले पैसा पनि लगेर भागे र भान्जापनि दिएनन ,बहिनी ज्वाईं झनै बेहोस अवस्थामा भए तेस्को दुई दिनपछि रोहितको शव फेला पर्यो।
तेस्पछी छठ मनाउन राजेश बिहारको आफ्नो स्थायीघर मुजफ्फरपुर लागे बहिनी–ज्वाईं पनि मुजफ्फरपुरका हुन् । प्रहरीले अपहरण हत्याको अनुसन्धान गरिरहेको थियो।
०६४ मंसिर १२ मा धादिङको महादेववेशीबाट काम गर्ने विष्णु समातिए । विष्णुले बयानबाट हत्यामा राजेशको पनि संलग्नता भएको खुल्यो।
तर राजेश नेपाल फर्केनन् ,उनले मुजफ्फरपुरमा कुर्ता,सलवारको व्यापार सुरु गरे । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार १३ वर्षबाट उनको खोजि भईरहेको थियो।
तेस्पछि प्रहरीले उनको भरपर्दो सुराक खोज्यो राजेशले होलसेल कुर्ता सुरवाल बेच्ने गर्थे सर्लाहीका एकजना व्यापारीलाई राजेशले सामान पठाउने गरेको अपराध महाशाखाको टोलीलाई पत्ता लाग्यो ।
एसएसपी थापाले भारतीय प्रहरीसंग पनि कुरा गरिरहेका थिए महा शाखाको टोलि सर्लाही पुग्यो तर राजेशलाई ल्याउन सहज भएन।
राजेश जब सर्लाहीमा पैसा उठाउन आएका थिए तेहीबेला महाशाखाका अनुसन्धान अधिकृतले जानकारी पाए तेस्पछि भान्जाको हत्या गर्ने सहोरद मामाको १३ वर्षपछी हातमा हत्कडी लाग्यो।
१३ वर्षपछी हत्यारालाई समाउने प्रहरी कर्मचारी सम्मानित ,
गुप्तालाई समाउन उत्कृष्ट कार्य गर्ने कर्मचारी प्र नि रामकाजि थापा ,प्र.ना.नि.अजय खनाल, प्र.ज. लिला श्रेष्ठ, प्र.ज.राकेश ठाकुरलाई महानगरीय प्रहरी महाअपराध महाशाखाका प्रमुख प्रहरीबल उपमाहानिरिक्षक ब.उ.दिपक थापाले पुरुष्कृत गरेका हुन् ।


