Gold
Bangad salyan

डेढ लाख बराबरको अबैध केराऊ बरामद ,

साउन ४,नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बिभिन्न ठाउँबाट प्रहरीले १ लाख ४७ हजार ५ सय मुल्य बराबरको अवैध केराऊ (मटर) बरामद गरेको छ ।

हिजो (शनिबार) राती ११ बजेको समयमा नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ६ बोरा केराऊ प्रतापपुर गाउँपालिका ४ दरखासेबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै इलाका प्रहर कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान साढे ३ बजे प्रतापपुर गाउँपालिका ४ भैरवपुरबाट ५ बोरा, सोहि दिन ५ बजे प्रतापपुर ५ जगन्नाथबाट ७ बोरा, सोहि दिन बिहान १० बजेर २५ मिनेट जाँदा सरावल गाउँपालिका ७ बुलन्दपुरबाट १९ बोरा बरामद गरिएको बताइएको छ ।

उक्त बरामद गरिएको जम्मा ३७ बोरा (१४७५ केजी) केराऊ भारततर्फ साइकल र मोटरसाइकलमा लैजादै गर्दा प्रहरीलाई देखेपछि बोरा छाडेर भागेका थिए ।

उक्त केराऊ आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

रबिन्द्र यादव नवलपरासी पश्चिम ,