Gold
Bangad salyan

आजको मौसम भारि वर्षा देखि बाढी पहिरो सावधानी रहन आग्रह,

साउन ५ ,काठमान्डौ – केहि दिन देखि सक्रिय मौसम अझै केहि दिन लगातार सक्रिय रहने मौसम पूर्वानुमानले जानकारी गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभावले वर्षा भैरहेको छ। आज देशका पुरै भू भागमा अहल्का देखि मध्यम वर्षा हुने र प्रदेश १ प्रदेश २ ,प्रदेश ५ गण्डकी प्रदेश वाग्मती प्रदेशमा भारि वर्षा हुने मौसमविद गङ्गा नगरकोटीले जानकारी दिईन।

तेस्तै सुदुरपस्चिम ,कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारि वर्षको सम्भावना रहेको छ। राति पनि मौसम बदलि रही देशका अधिकांस क्षेत्रम वर्षाको सम्भावना रहेको नगरकोटीले बताईन।

उनका अनुसार भारि वर्षाका कारण तराई ,मधेश डुबानमा पर्नसक्ने भन्दै सावधानी रहनपनि आग्रह गरिएको छ।

देशका कुन कुन भागमा बाढी पहिरिको सम्भावना रहेको भन्ने आफुले गृहमन्त्रालयमा पनि जानकारी गराएको मौसमविद गङ्गा नगरकोटीले जानकारी गराईन।

प्रदेश १ ,२, ५ ,गण्डकी प्रदेश र वाग्मती प्रदेशमा पनि आज सम्भावित डुबान हुनसक्ने चेतावनी गराईएको छ।