पाल्पा -बुटवल सडक खण्ड फेरि अवरुद्ध,
साउन ५ ,पाल्पा – हिजो सम्म एक तर्फी संचालमा आएको पाल्पा बुटवल सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
गए रातिको पहिरो झरेपछि अवरुद्द सडक यो भन्दा पहिले पनि पटक पटक अवरुद्द हुने गरेको छ।
यसैबीच पाल्पा बुटवलको सडकमा बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म यात्रा गर्न रोक लगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पहिरोको जोखिम बढेकाले अर्को सूचना जारि नभएसम्म तोकीएको समयमा यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी गरेको छ।

