Gold
Bangad salyan

कुवेतमा नेपालीलाई प्रतिबन्ध ,

साउन १६ ,काठमान्डौ – कुवेतले नेपालि नागरिकमाथि रोक लगाएको छ। कोरोना भाइरसको संक्रमणलाई मध्यनजर कुवेत सरकारले रोक लगाएको हो।

कुवेतले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सबाट आउने मानिसहरूलाई पनि प्रवेशमा रोक लगाएको छ ।

कुवेतले कोरोना महामारी सुरू भएपछि अन्तराष्ट्रिय हवाईसेवा बन्द गरेको थियो। कुवेतले अगस्ट १ बाट अन्तराष्ट्रिय हवाइसेवा खोल्ने निर्णय गरेसँगै यी मुलुकबाट त्यहाँ आउने नागरिकको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

कुवेत नेपालि श्रमिकको प्रमुख गन्तब्य हो। अहिले पनि कुवेतमा लाखौ नेपालि छन् कोरोना महामारीका कारण उनीहरु अलपत्रमा छन्।