नवलपरासीमा एसपी केसीको कडा एक्सनले तस्करको रुवाबासी ,
साउन २२ ,नवलपरासी पश्चिम -नवलपरासी पश्चिम जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सरावल गाउपालिका वडा न.६ बड्सारेबाट प्रहरी चौकी महेशपुरले नेपालबाट भारत तर्फ अवैध रूपमा भित्र्याउनको लागि कहिले भारतबाट नेपाल भित्र्याउनको लागि क्याडेनियन मटर (केराउ ) साडी, लेडिज कुर्ता, जेन्स भित्री कपडा, धनियाको बिउ लगायत करिब १ लाख १ हजार ३ सय ८० मुल्य बराबरको मालसामान बुधबार नियन्त्रणमा लिएर कार्यवाही प्रक्रिया अगाडि बढाएको छ ।
उक्त नियन्त्रण गरिएको मालसामान साइकल र मोटरसाइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि तस्करहरुले सामान फालेर भागेका थिए ।
सकृय बन्दै गएकाे सिमा प्रहरी चौकी महेशपुरको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे मालसामान नियन्त्रणमा लिन सफल भएकाे थियो ।
जिल्लामा एसपी अजय केसी अाएपछि तस्करहरुको रुवाबासी चलेको छ । केसी जिल्लामा अाएको ढाई महिना नपुग्दै करिब एक करोडौंको सर समान नियन्त्रणमा लिएर अावश्यक कार्यवाहीको लागि भन्सार पठाउने गरेका छन ।
केसीको कडा निर्देशनमा प्रहरी सक्रिय भएको बुझिएको छ । दिनहु प्रहरीले भन्सार छलि अवैध सर समान नियन्त्रणमा लिएर भन्सार पठाउदा राजस्वमा समेत वृद्धि भएको महेशपुर भन्सारका कार्यालय प्रमुख हेमचन्द्र शर्माले बताए ।
बरामद गरिएको मालसामान आवश्यक कार्यवाहीका लागी महेशपुर भन्सार कार्यालय पठाइने गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।
नवलपरासीमा एसपी केसी को अर्को कमाल , ६ लाख बराबरको अबैध सुर्ति बरामद ,
नवलपरासी पश्चिमको सिमावर्तिबाट प्रहरीले ६ लाख मुल्य बराबरको अबैध सुर्ति बरामद गरेको छ ।
भारतबाट अबैध रुपमा नेपाल लाई लुकाई राखिएको ६० बोरा (१५०० केजी) सुर्ति बरामद गरिएको प्रहरीले जनाएको छ । सुर्ति पाल्हिनन्दन गाउँपालिका ५ चमनटोलाबाट बिहिवार बिहान ७ बजे बरामद गरिएको हो ।
बरामद गरिएको उक्त सुर्ति प्रतिकेजी ४ सय रुपैंयाको दरले ६ लाख रुपैंया पर्ने र आवश्यक कारबाहीका लागी महेशपुर भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
सुर्तीजन्य पदार्थ चुरोट , बिडीमा प्रयोग हुने खालको रहेको प्रहरीले जनाएको छ । जिल्लामा एसपी अजय केसी अाएपछि तस्करहरुको भागाभाग भएको छ ।
वहाँ आएको ढाई महिनामा एक करोड भन्दा बढिको मालसामान नियन्त्रणमा लिई आवस्यक कार्यवाहीको लागि भन्सार पठाइसकेका हुन ।
रबिन्द्र यादव,

