Gold
Bangad salyan

कालिकोटमा पहिरोमा परि एकै घरका ६ जनाको मृ,त्यु ,

साउन ३० ,कालिकोट – कालिकोटमा पहिरोले पुरेर एकै घरका ६ जनाको मृ,त्यु भएको छ। महावै गाउँपालिका,३, नकुमा बिहीबार राति १२ बजे वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुरेको हो।

पहिरोमा परि उनका छोरा १३ वर्षीय पुष्प विष्ट,११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीया सविना विष्ट र १५ वर्षीया आशा विष्ट, राजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेखा विष्टको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले पुस्टि गरे ।

रातको १२ बजे सम्म घरमै तिजको नाच गण गर्दा माथिबाट आएको पहिरोले पुरेको थियो। उनीहरु सबैको शव आज बिहान निकालीएको थियो।