गुर्भाकोट नगरपालिकामा फेरी देखियो कोरोना ,
भदौ १० , सुर्खेत – गुर्भाकोट नगरपालिकामा फेरी आज कोरोना संक्रमित फेला परेका छन्। गुर्भाकोट नगरपालिका ४, का २२ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उनीमाथि कोरोना पोजेटिभ देखिएको हो।
लामो समयदेखि कोरोन मुक्त भएको गुर्भाकोटमा फेरी संक्रमित फेला परेको हो। कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा जाजरकोटमा १ ,दैलेखमा १ ,सुर्खेतमा ७ र सल्यानमा १ ,जना कोरोना भाईरसका बिरामी फेला परेका छन्।

