बुढो विदेश छ अर्काको माल आँखा नलाउ है ,
भदौ १३ ,काठमान्डौ – गायक तथा संगीतकार मिन प्रकाश वली र उषा कार्कीको बुढो विदेश रैछ बोलको गित बजारमा सार्वजनिक भएको छ ।
सामाजिक घटनालाई चित्रण गरेर संगीत गरिएको यो गितलाई मिन प्रकाश वलीलेनै शब्द/ संगीत तथा स्वर दिएका हुन्।गितको एरेञ्ज राजु सुनामले गरेका छन्।
,विक्रम चौहानको निर्देशन ,प्रकाश खड्काले छायांकन गरेको उक्त गितमा गायिका आफैले अभिनय गरेकी छिन भने साथमा भुपाल कार्की ,कमला नेपालि ,सरिता गुरुङ ,दिपक लामाको अभिनय देख्न सकिन्छ।
गित संगीतमा फरक धार बोकेर गित निर्माण गर्ने संगीत मिन प्रकाश वलीका बजारमा थुप्रै गित सार्वजनिक छन्। यो गितलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिने समेत गरेको पाईएको छ।

