Gold
Bangad salyan

कालिकोट पहिरोमा परि १० जनाको मृत्यु दुई जना वेपत्ता ,

भदौ १५ ,कालिकोट – कालिकोट तिलागुफा नगरपालिका,१ नाग्ममा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ। पहिरोमा एकै घरका ४ जना पुरिएका छन्।

तेस्तै पहिरोमा परि दुई जना वेपत्ता छन् भने घाईते दुईजनालाई उपचारकोलागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार दिउँसो भासिएर पहिरो जाँदा तिन घर पुरेको थियो ।

शुभकालिका गाउँपालिका,७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका ४ जनाको मृत्यु भएको छ ।जसमा ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर पुरिएर मृत्यु भएको हो ।

यस्तै, सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी अर्को एक परिवारका तीन सदस्यको पनि सोही पहिरोमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको छ ।

यसैगरी तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । घटनास्थलमा आहिले सेना, सशस्त्र र नेपाल प्रहरीसँगै स्थानीय पनि लागिपरेका छन् ।

नाग्मा बजारमा अहिले मोबाईलमा नेटवर्क छैन ,कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका जुम्लाको हिमा र तिलामा स्थानीय प्रशासनले भदौ २० सम्म निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञाका कारण पनि स्थानीय बिहान सम्म कतै बाहिर निस्कन पाएनन उनीहरु घर भित्र बसेको बेला पहिरो गारो एक स्थानीयले भने।

मृतक हरुको शव सदरमुकाम ल्याउन सम्भव नभएको हुँदा मृतकको पोष्टमार्टम घटनास्थलमा गरिँदै गरेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए।