Gold
Bangad salyan

बाढीले उठिबास लगाएकि ७७ वर्षकी एकल आमाको आँखामा आयो फेरी खुसि ,

भदौ १५ ,कैलाली – केहि महिना अगाडी लम्की चुहा नगरपालिका वडान ५ टिकापुर कैलालीमा आएको बढीले वितन्डा मच्चायो र स्थानीयलाई उठिबास लगायो।

तेही बेला ७७ वर्षको उमेरमा एक्लै सानो झुपडीमा बस्ने गगंसरा विकको झुप्रो बाढीले बगाएर ति आमा बस्ने ठाँउमा पनि रहेन।

स्थानीय समाजसेवी नेत्र बस्नेत जनक सुनारले समन्यव गरि धेरै जना पिडित छन् ,तर एकल ७७ वर्षकी आमाको घर निर्माण गर्ने काम कार्यलाई अगाडी बढेको थियो।

देश विदेशमा रहने विभिन्न सहयोगी दाताको हातबाट अहिले ति आमाको घर निर्माण गरि सरोज कुमार शाहको उपस्तिथितिमा हस्तान्तरण गरिएको छ।

घर स्थानीय श्रोत साधन प्रयोग गरि निर्माण गरिएपछि ति आमाको हिर्दयामा अहिले खुसि छाएको छ।

घर हस्तान्तरणको दिनमा भानुभक्त चौलागाईले राहात स्वरुप दाल ,चामल तेल नुन , साबुन सहयोग गरेका छन्।

पहिले  ,

घर निर्माणको लागि कुल रु,४६,३८७ रकम उठेको थियो ,सो रकमबाट रु,४४,५६० मा घर निर्माण गरिएको छ भने बाँकी रहेको १,८२७ रकम गगंसरालाई हस्तान्तरण गरिएको छ ।

गगंसराकाश्रीमानको प्हिलेनै निधन भईसकेको थियो ,उनका चार छोरा थिए तर भारततिर गएका उनीहरु कहिले पनि फर्केर आएनन ,७७ वर्षकी डाँडापारिको घाम बनेकी गगंसरा विक एकलै छिन।

घर निर्माण र थानीय श्रोत साधन जुटाउन सहयोग गर्ने सबैमा जनक सुनार लगायत सबैले हार्दिक धन्यवाद दिएका छन् भने सहयोगी मनमा हार्दिक आभार गरिएको छ ।

अहिले,

घर निर्माणको लागि सहयोगीहरु
तिल कुमारी गुरुङ रु, १० हजार
– सुनिता गुरुङ रु १० हजार,
– मिना राई रु ८ ,हजार
– ठुली चन्द्राकला कोयि राई रु ५ हजार ,
– रोस्ती लिम्बु रु ५ हजार ,
– देवेन्द्र बोम्जन ४ हजार ,
– उमेश बोहरा रु 2,हजार २२२ ,
– देवराज न्यौपाने रु १ हजार ,१५५ ,
– सबिन पाठक रु.१ हजार १० ,