मदिरा किन बेच गर्न नगरपालिकाबाट अनुमति लिनुपर्ने र धरौटी राख्नुपर्ने ,
भदौ १९ ,रुकुम पश्चिम – कर्णाली प्रदेश रुकुम पश्चिम चौरजाहारी नगरपालिकाले मदिराको कारोबार गर्ने ईच्छुक व्यक्तिलाई नगरपालिका वाट अनुमति लिन दर्खास्त आहवान गरेको छ।
चौरजाहारी नगरपालिका भित्र मदिरा किनवेच कार्यलाई व्यवस्थित गर्नको लागि नगरपालिकाले एक सूचना जारी गरि ईच्छुक मदिरा व्यवसाय गर्ने ईच्छुक व्यक्तिले दर्खास्त दिन आग्रह गरेको हो।
जथाभावी रुपमा मदिरा किन बेच गर्नाले समाजमा लडाइँ झगडा हत्याहिंसा बलात्कार जातीय दोन्द जस्तो कार्य हुनेभएकोले मदिरा नियन्त्रण कार्य सुरु गरिएको हो।
सुर्तीजन्य पदार्थको नियन्त्रण सम्वन्धि २०७७ को दफा १६ एवम नगरपालिकाको मिति २०७७ भाद्र ५ गतेको निर्णय वमोजिम सुचना जारी गरिएको नगरपालिकाले बताएको छ ।
नगरपालिकाले सुचना गरेको मितिले २५ गते भित्र दर्खास्त पेस गरि अनुमति लिनसमेत ईच्छुक व्यक्तिलाई यसै सुचना मार्फत जानकारी गराएको छ ।
नगरपालिका वाट मदिरा किनबेच जुन उदेश्यको लागि अनुमति लिएको हो सोही वमोजिम बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र कारोवार गर्नुपर्ने पनि सुचनामा जारि गरिएको छ।
नगरपालिकाले तोकेको ठाउँबाहेक अन्य कुनैपनि ठाउँमा मदिरा बेच्न पाईनेछैन र २१ वर्ष मुनिका कुनै पनि व्यक्तिले मदिरा किनबेच समेत गर्न नपाउने नगरपालिकाले सुचनामा जारि गरेको छ।
तेस्तै मदिरा किनबेच गर्दा बिधालय मेडिकल मन्दिर पाटिपौवा सरकारी कार्यलय संघसंथा बाटो चोक भन्दा ५०० मिटर को दुरिमा मात्र मदिराको किनबेच गर्न पाईने मापदण्ड तोकीएको छ।
मदिरा किनबेच गर्ने व्यक्तिले ५ बजेदेखि ७ बजे सम्म दुई घन्टा नगरपालिकाले तोकेको ठाउँमा किनबेच गर्न पाउनेछन्।
मदिरा किनबेच वितरण अनुमति लिन चाहाने व्यक्तिले १ लाख रुपैया धरौटी नगरपालिकाको बाणिज्य बैंकमा रहेको धरौटी खाता नम्बर ४३३०१००३०३०००००२ मा उक्त रकम जम्मा गर्नुपर्ने पर्ने पनि नगरपालिकाले जानकारी गरेको छ। ।

