Gold
Bangad salyan

जुवाडेहरुमा देखिन थाल्यो धमा -धाम कोरोना संक्रमण ,

भदौ २१ ,काठमान्डौ – पछिल्लो समय जुवाडेहरुमा कोरोना संक्रमण बढेको पाईएको छ।

स्याङ्जाको पुतलीबजार नगरपालिकामा आइतबार देखिएका २२ जना कोरोना संक्रमित मध्ये १९ जना तास खेल्नेहरु रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको हो २२ जना सबै जुवाडे हुन् तिन जनाको रिपोर्ट नेगेटिभ आएको छ।

तेस्तै अन्य संक्रमित मध्ये एक जना महिला छिन ,विदेशबाट आएर क्वारिनटिनमा बसेका दुई जना र एक सरकारी कर्मचारी रहेको नगर स्वास्थ्य प्रमुख बिष्णु काफलेले जानकारी दिए।

स्याङ्जामा कोरोना संक्रमित केहि दिन एता फेरी बढ्दै गएको पाईएको छ। योसंगै स्याङ्जामा कोरोना संक्रमित हुनेको संख्या ३ सय ३७ पुगेको छ जसमा ३ सय ८ जना डिस्चार्ज भईसकेका छन् । कोरोनाका कारण हाल सम्म स्याङ्जामा दुई जनाको निधन भएको छ।