केपीको पक्षमा आन्दोलन गर्न मिल्ने कुलमानको पक्षमा गर्न किन नमिल्ने भन्दा निर्घात कुट्पिट ,
असोज २ ,काठमान्डौ – नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा पुन: नियुक्तिको माग गर्दा एक जना युवकलाई बबरमहलमा निर्घात कुट्पिट गरेको छ।
समाजसेवा सामाजिक कार्य गरिरहेका १०० ग्रुपका संस्थापक बब्लु गुप्तालाई प्रहरी निरीक्षक केशर न्याैपानेसहितको टोलीले निर्घात कुटपिट गरेको हो ।
बब्लुको घर सिराहाको लहान हो उनि अहिले काठमान्डौको रत्नपार्कमा भोंका गरीबहरू लाइ निःशुल्क खाना खुवाउने अभियानमा जुटेका छन्।
उनले कपड़ा बैंक खोलेर नाङ्गा गरीबहरूलाइ कपड़ा बितरण गर्ने अभियान पनि चलाईरहेका छन्। घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गर्न जाने क्रममा गुप्तासहितको टोलीलाई बबरमहलमै प्रहरीले छेकेको थियो ।
तेस्पछि उनीहरु कला परिषद् अगाडिको बाटो हुँदै जान खोजेका थिए। तर, प्रहरीले ब्यानर देखाउन र कार्यक्रम गर्न नपाइने भन्दै लखेटेको बब्लुको भनाइ छ ।
तेहीबेला केपी ओलीको पक्षमा प्रदर्शन गर्न मिल्ने राम्रो मान्छेको पक्षमा किन प्रदर्शन गर्न नपाउने भन्दा प्रहरी रिसाएर अन्धा धुन्द लाठ्ठी चार्ज र बुट बर्साएको थियो।
उक्त भिडियोमा बब्लुलाई प्रहरीले लाद हान्दै अश्लील शब्द बोल्दै कुटपिट गरेको घिसारेको प्रस्ट भिडियोमा देख्न सकिन्छ । बब्लुको हात खुट्टा र टाउकोमा चोट लागेको छ ,एक्सरे गर्दा भने भित्रि केहि चोट नलागेको उनले बताए।
केहि बेरमा बब्लुलाई प्रहरीले भ्यानमा राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरमा लछार पछार गरेको थिय। सामाजिक सञ्जालमा औंलाई कुटेको भिडियो भाईरल बनेको छ ,बब्लुलाई प्रहरीले हिजोनै थुनामुक्त गरेको थियो।
गुप्ता भन्छन भिडियो नआएको भए, अझै दुःख पाइन्थ्यो होला। तेस्तै गुप्तालाई कुट्ने प्रहरीलाई कारबाहीको माग गरिएको छ। सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सार्वजानिक भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले छानविन गर्न मातहतको निकायलाई निर्देशन दिएको छ ।
महानिरीक्षकको सचिवालयका एक अधिकृतका अनुसार घटनाबारे छानविन गर्न भन्दै महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई पत्राचार गरिएको छ भने दोषी पाईएमा कारबाही गर्न पनि भनेको छ ।
प्रहरीले सर्वसधारणमा बारम्बार कुटपिट गरेका भिडियो बाहिरिएक छन् ,बब्लु त एक पात्र मात्र हुन् ,नदेखीएका घटना अट कति छन् कति।
तेस्तै सार्वजानिक स्थानमा यसरि कुट्ने प्रहरीले थुनामा राखे कसरि कुटछ होला भाड्ने सबैले सामाजिक सञ्जालमा आअलोचन गरेका छन्। यस्ता घटनाले नेपाल प्रहरीको आचरणमा अहिले सम्म कुनै फेल्बदल भएको छैन।

