सुर्खेतमा कोरोनाको खतरा संकेत आज मात्र ९२ जना फेला ,
असोज ११ ,काठमान्डौ – पछिल्लो समय देशभरका जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि कर्णाली प्रदेश सुर्खेतमा पनि संक्रमित बढेको पाईएको स्वास्थ्य मन्त्रालयले बताएको छ।
गत २४ घण्टालाई हेर्ने हो भने कर्णाली प्रदेशमा ९२ जना कोरोना संक्रमित थपिएका छन् ,ति मध्ये सुर्खेतका मात्र ७६ जना छन्।
तेस्तै दैलेख जिल्लामा ४ र सल्यानमा १२ जना नँया कोरोना संक्रमित थपिएका हुन्। कर्णाली प्रदेशको संथागत आईसोलेसनमा ३५७ जना र २२५ जना सोम आईसोलेसनमा उपहार भईरहेको छ।
प्रदेशका विभिन्न क्वारिनटिनमा ६८४ जना रहेका छन् भने हाल सम्म २८४० जना डिस्चार्ज भईसकेका छन्।
कर्णालीमा १८ जनाको आईसियुमा उपचार भईरहेको छ भने प्रदेशका डोल्पा ,मुगु ,हुम्ला जिल्ला कोरोना संक्रमण मुक्त भईसकेका छन्।

