Gold
Bangad salyan

भक्तपुरमा सामूहिक बलात्कार दुईजना पक्राउ,

असोज १८ ,काठमान्डौ – भक्तपुरमा १७ वर्षीया किशोरीमाथि बसमा सामूहिक बलात्कार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ एक बलात्कार आरोपी  फरार छन् ,प्रहरीले उनको खोजि गरिरहेको छ ।

शुक्रबार रत्नपार्क भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी राजेश थापाले बताए।

पक्राउ पर्नेहरुमा बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० का २२ का निरकुमार खड्का र सहचालक जुगल गाउँपालिका,४ पाङताङका २१ का सूर्य श्रेष्ठ रहेको थापाले बताए । उनीहरुले शुक्रबार बिहान

काठमान्डौबाट लठ्याउने औषधि खुवाई ती किशोरीलाई बस चढाएर भक्तपुर ल्याएको र शनिबारसम्म बसभित्र सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

सूर्यविनायक र चाँगुनारायण नगरपालिका,८ लिवालीस्थित तवियाखुशी खोलाको किनारमा बसभित्र किशोरीलाई करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।